ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता


ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा करिब सय जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ, डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ र रेमिट्यान्स कारोबार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो।