टीभीएसका विजेतालाई स्कुटर प्रदान


टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनका कस्टुमाइज स्टीकर प्याकहरूका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ। जगदम्बा मोटर्सले टीभीएस ब्रान्डका लागि ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरूले टीभीएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गरेर नयाँ टीभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहार जित्ने अवसर पाएका थिए।यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो। जसअन्तर्गत बुटवलकी सुमीत्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन्। उनीलाई जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गर्नुभएको थियो।