शिवरामलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)।

शिवराम श्रेष्ठले पाइलट गल्फर्स एनपीजीए क्लासिक २०२० अन्तर्गत् बुधबार उपाधि जितेका छन्। श्रेष्ठले १२ अन्डर १ सय ९६ स्कोर बनाउँदै उपाधि हात पारेका हुन्। उनले पहिलो पुरस्कार ९० हजार नगद पनि प्राप्त गरे।

त्यस्तै दोस्रो स्थानमा रहेका शुक्रबहादुर राईले ९ अन्डर १ सय ९९ स्कोर बनाए। उनले ६० हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै बलभद्र राईले तेस्रो हुँदै ४५ हजार नगद सुरक्षित गरे। भुवन नगरकोटी र दिनेश प्रजापतिले चौथो स्थान साझेदार गर्दै जनही २३ हजार ५ सय नगद जितेका थिए।