बागमतीमा २२ गते सार्वजनिक विदा

0
Shares

न्युज अफ नेपाल,मलंगवा ।

वागमती नगरपालिकाले यही फागुन २२ गते हुन लागेको चौथो राजर्षी जनक कप फुटबलको उदघाटनका अवसरमा एक दिन स्थानीय विदा दिने निर्णय गरेको छ।‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाटचौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको हो।

बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिए।प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताईएको छ ।

१२ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपियाँ र उपबिजेताले ५ लाख रुपियाँ पुरस्कार पाउँने छन् ।