रुबी भ्यालीबाट हराएको सपना नीरफूल

0
Shares

आगामी चैत ७ गते अल नेपाल रिलिज हुन लागेको पत्रकार फूलमान बलद्वारा निर्देशित फिल्म नीरफूलको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
रुबी भ्यालीबाट हराएको एउटा सपना भन्दै शुरू हुने ट्रेलरमा एक प्रेमिल जोडी र परिवार तथा सुमधुर भविष्यका लागि विदेशिएको युवाको परिवार भूकम्पका कारण कसरी छिन्नभिन्न भयो भन्ने देखाइएको छ। ट्रेलरबाट दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायतले फिल्मको कथालाई केही खुलाउँदै नीरफूलप्रति आकर्षित गराएका छन्। ट्रेलरमा भूकम्पबाट घर परिवार र परिवारमा परेको प्रभाव देखिन्छ। साथसाथै रुबी भ्यालीका चित्ताकर्षक दृश्य पनि ट्रेलरमा देखिन्छ।
फिल्मका निर्देशक पूmलमान बलले नीरफूल मन भत्किएकाको कथा भएको खुलाए। ‘यो भूकम्पले घर भत्केको होइन, मन भत्किएकाको कथा हो। यसमा मैले समाज देखाउन खोजेको छु’ –कार्यक्रममा पूmलमानले भने। सेलफोनजस्तो सट फिल्म निर्देशन गरेर प्रशंसा पाएका बलले नीरफूल कन्टेन्टमा बनेको फिल्म भएको दाबी गरे। त्यसैगरी फिल्मका मूख्य अभिनेता दयाहाङ राईले नीरफूल फरक विषयको फिल्म भएकाले खेलेको खुलाए। ‘मैले थुप्रै व्यावसायिक फिल्ममा काम गरेँ। तर नीरफूल कन्टेन्टमा बनेको फिल्म भएर खेलेको हुँ। यो भूकम्पमा मरेर बाँचेकाको कथा हो। भोलि हामी रहौँला, नरहौँला। अथवा विस्तारै भूकम्पका चोटहरू बिर्संदै जाउँला। तर हामीले बिर्संदै गए पनि त्यो कुरा यो फिल्ममार्फत सधैंका लागि रहिरहनेछ’ दयाहाङको भनाइ थियो ‘यो हामीले भूकम्पपछि पाएको बोनसको जिन्दगी हो। त्यो बोनस लाइफ भएकाले नै मैले फिल्म खेलेको हुँ।’ यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी शान्ति वाइबाले नाटकमा धेरै काम गरे पनि पहिलोपटक फिल्ममा अभिनय गर्नुको मजा लिएको बताइन्। ‘मैले धेरै नाटकमा काम गरेँ। पहिलोपटक फिल्ममा काम गरेको छु”’ –उनले भनिन्। गायक राजेशपायल राईले नीरफूलका लागि एक गीत गाएको जनाउँदै नीरफूल फरक विषयवस्तुमा बनेकाले रोचक रहेको जनाए।
फिल्ममा दयाहाङ, शान्ति, सरिता, बुद्धि, पुष्कर र राजनका साथमा जिम्मे छ्योइकी घिसिङ, सरोज अर्याल, मानस राज, रोशन प्mयुबालगायतले अभिनय गरेका छन् भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। सेलो प्रोडक्सको व्यानरमा फ्रेन्ड्स अफ नेपाल, म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा निर्मित फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन्। माया केसी, दीपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायतले निर्माण गरेको फिल्ममा पटकथा निर्देशक बल र सचिन घिमिरे, संगीत अर्जुन पोखरेल, छायांकन प्रमोद कार्की र सम्पादन निमेष श्रेष्ठको रहेको छ।