ट्राफिकलाई घूस दिन खोज्दा

0
Shares

काठमाडौं, (नेस)।
ललितपुरको सानेपामा बा१ख ६९५२ नम्बरको कान्तिपुर बसलाई ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा सोही बसका चालकले घूस दिन खोजेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
चालक वीरधन राई र सहचालक नवीन राईलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। बस चालक राईले ट्राफिक प्रहरीलाई ५ सय रुपियाँ दिई कारबाहीबाट बच्न खोजेका थिए।