भारतका प्रधानमन्त्री मोदी सामाजिक सञ्जालबाट अलग नहुने

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सामाजिक सञ्जालबाट अलग हुने सोचमा रहेको संकेत दिएका थिए। तर, पछि उनी आफैंले ट्विटमार्फत सामाजिक सञ्जाल नछाड्ने जानकारी दिए।
उनले सोमबार राति एक ट्विट गर्दै भनेका छन्– ‘फेसबुक ट्विटर, इन्स्टाग्राम र युट्युबमा रहेका आफ्ना सोसल मिडियाका एकाउन्ट्स यो आइतबारबाट छोड्ने सोचिरहेको छु।’
मोदीको ट्विटर ह्यान्डललाई ५ करोड ३३ लाखभन्दा धेरैले फलो गरिरहेका छ। फेसबुकमा मोदीको अकाउन्टलाई ४ करोड ४७ लाखभन्दा धेरैले फलो गरेका छन्। फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामापछि सबैभन्दा बढी फलोअर्स मोदीको रहेकोे छ। इन्स्टाग्राम अकाउन्टमा ३ करोड ५२ लाखले मोदीलाई फलो गरेका छन्।
युट्युबमा पनि मोदीको लोकप्रियता कम छैन। ४ करोड ५१ लाखले मोदीको युट्युब अकाउन्टलाई सब्स्क्राइब गरेका छन्।
यसबीच प्रधानमन्त्रीको पुरानो भिडियो चर्चामा आइहेको छ। जसमा उनले सामाजिक सञ्जालको फाइदा र नोक्सानको चर्चा गरेका थिए। प्रधानमन्त्री बनेपछि सन् २०१५ मा अमेरिका गएका थिए। त्यति बेला उनी फेसबुकको मुख्यालयमा पनि पुगेका थिए। उनले त्यहाँ फेसबुकका संस्थापक मार्क जकरबर्गसँग भेटेका थिए र एक छलफल कार्यक्रममा भाग लिएका थिए। त्यसमा सामाजिक सञ्जालका विषयमा चर्चा भएको थियो।
त्यति बेला प्रधानमन्त्रीले सामाजिक सञ्जाललाई लोकतन्त्रका लागि एक ठूलो शक्ति बताएका थिए। साथै फेक न्युजबाट पनि ठूलो खतरा भएको बताएका थिए।
मोदीले सामाजिक सञ्जाल छोड्ने सम्बन्धमा ट्विट गरेलगत्तै सामाजिक सञ्जालमा यस विषयमा चर्चा हुन थाल्यो। मोदीका समर्थकले उनलाई त्यस्तो नगर्न सल्लाह दिइरहेका थिए भने उनका विरोधीले भने त्यसमा व्यंग्य गर्न थाले।