कोरोनाको त्रासले मर्केलसँग हात मिलाउन अस्वीकार

0
Shares

बर्लिन, (एजेन्सी)
कोरोना भाइरस विश्वभरिका ७३ भन्दा धेरै देशमा फैलिसकेको छ। यसको संक्रमणबाट बच्न मानिस भेटघाट र हात मिलाउनसमेत डराइरहेका छन्। यस्तै घटना जर्मनीमा एक उच्चस्तरीय बैठकमा देखिएको छ। एक बैठकमा जर्मनी चान्सलर एन्जेला मर्केल पुगेपछि त्यहाँ बसेका जिहोफरसँग अभिवादनका लागि हात मिलाउन अगाडि बढाइन् तर जिहोफरले ‘हेलो’ मात्र भन्दै हात अगाडि बढाएनन्। त्यसपछि मर्केलसहित सबै हाँसे। यस घटनाको भिडियो भाइरल भइरहेको छ।
गृहमन्त्रीले सञ्चारमाध्यमलाई भने– ‘कोरोनाभाइरस महामारी फैलिएपछि चान्सलरले पहिलेदेखि नै हात मिलाउन बन्द गरिसकेकी थिइन्। यो रोकथामका लागि सही हो।’ गत हप्ता चान्सलर मर्केलले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा उनले कसैसँग हात मिलाएका थिएनन्। चान्सलर मर्केल आफैं पनि भाइरसबाट बच्नका लागि सतर्क छन्। मर्केलले पनि जिहोफरको पैmसलालाई सही बताइन्।
यसअघि चीनमा एक भिडियो भाइरल भएको थियो। जसमा दुई व्यक्ति हातको सट्टा जुत्ता मिलाइरहेका थिए। एक युजरले भिडियो पोस्ट गरी लेखे– ‘हात मिलाउने बारेमा सुनेको छु, तर खुट्टा मिलाउनु गजब छ।’ एक अर्को युजरले अद्भूत भएको टिप्पणी गरे।
कोरोना भाइरसबाट नागरिकलाई बचाउनका लागि युरोपका कयौं देशले हात नमिलाउन, एक–अर्कासँग चुम्बन नदिन पनि सल्लाह दिएको छ। जर्मनीमा अब कोरोना भाइरसका बिरामी संख्या १ सय ५० नाघेको छ। विश्वभरि ८७ हजारभन्दा धेरै संक्रमित छन् र ३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।