आहा रारा गोल्डकपको तयारी पूरा

0
Shares

विजय नेपाली, पोखरा
हारा क्लब पोखराको आयोजनामा हुने १८औं आहा रारा गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ।
विश्वमा कोरोना प्रभाव परिरहँदा नेपालमा समेत यसको प्रकोप बढ्न सक्ने भन्दै चिकित्सकले भीडमा नबस्न र नजान आग्रह गरिरहँदा प्रतियोगिताको आयोजना भने हुने भएको हो। फागुन २२ गतेदेखि पोखराको निमार्णाधीन रंगशालमा फुटबल मैदानमा प्रतियोगिता शुरू हुँदै छ। प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र बिग्रेड ब्वाइज क्लबबीच हुनेछ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल एपीएफ, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, बिग्रेड ब्वाइज, संकटा, झापा ११, गान्तोक सिटी भारत र आयोजक सहारा क्लबले सहभागिता जनाउनेछन्। क्लबले यो वर्ष पुरस्कार राशि पनि वृद्धि गरेको छ। विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपियाँ प्राप्त गर्ने छन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ। सहारा युकेले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपियाँ प्रदान गर्नेछ। प्रतियोगितामा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको छ।
सुजल सम्मान हुने
त्यस्तै, क्लबले बर्सेनि प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई सम्मान गरिनेछ। फुटबल खेलको विकासमा योग्दान पु¥याउने खेलाडीमध्ये एक खेलाडीलाई क्लबले सम्मान गर्दै आइरहेको छ। सुजललाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ। कास्की जिल्ला फुटबल संघका पूर्वअध्यक्ष खेमबहादुर गुरुङले यसको प्रायोजन गरेका हुन्। क्लबले यसअघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकेको छ।