मेगा बैंकद्वारा धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता


मेगा बैंक नेपालले धरानमा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदा, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरू, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीलाई जागरुक बनाउनुभएको थियो।
वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखामार्फत विभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ। यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ।