सुमेरुद्वारा धापाखेलमा निःशुल्क स्वास्थ्य शिविर

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अन्तर्राष्ट्रिय महिला दिवस तथा विश्व मृगौला दिवसको अवसरमा सुमेरु साकोस तथा लायन्स क्लब अफ काठमाडौं सुमेरुको संयुक्त आयोजना तथा सुमेरु अस्पताल, धापाखेलको प्राविधिक सहयोगमा धापाखेलमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
उक्त शिविरमा महिला प्रसुतीरोग, मृगौलारोग,जनरल फिजिसियन सेवा, हाडजोर्नी रोग, पिसाब रोग, मुटुरोग, छाती रोग, आंँखा रोग, बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट ४१३ व्यतिmको परीक्षण गरिएको थियो। शिविरमा ३०४ जनालाई निःशुल्क औषधि बितरण गरिएको थियो। त्यस्तै ३९१ जनाको सबै जनाको पिसाबबाट प्रोटिन लिक परीक्षण तथा ब्लड सुगर परीक्षण गरिएको थियो।
उक्त शिविरमा लायन्स क्लबका जोन ५३ का चेयरपर्सन लायन हेमराज दाहाल, ब्लड चिफ लायन श्याम यादव, लायन्स क्लब अफ काठमाडौं सुमेरु प्रेसिडेन्ट दीलिप डंगोल लगायतका लायन्स पदाधिकारी सहभागी रहेको अस्पताल प्रशासक दिनेश आचार्यले जानकारी दिनुभयो।