नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)
दुई दिन उच्च अंकले गिरावट आएको नेपाल स्कट एकसचेन्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक १८ दमलव ५४ अंकले बढेर १५१३ दशमलव ८३ बिन्दुमा पुगेको छ।
लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको दिन कुल १८० कम्पनीको ७२ लाख २ हजार २३६ कित्ता शेयर ३ अर्ब ४० करोड ४७ लाख ८४ हजार रुपियाँबराबरको कारोबार भएको छ।
मंगलबार कारोबार भएका १२ समूहमध्ये दुईसमूहको परिसूचक ओरालो लागेको भए पनि बाँकीको वृद्धि भएको छ। यस दिन व्यापार समूह १० दशमलव २८ र लघुवित्त समूह १०४ दशमलव ४ अंकले घट्दा बैंकिङ समूह २४ दशमलव ४, होटल समूह १३ दशमलव ८७, विकास बैंक समूह २२ दशमलव २१, जलविद्युत् समूह ४ दशमलव ६५, वित्त समूह ७ दशमलव ६९, निर्जीवन बीमा समूह १९६ दशमलव ५१, उत्पादन समूह ५० दशमलव ८२, अन्य समूह ६ दशमलव २९, जीवन बीमा समूह २२६ दशमलव ५३ र सामूहिक लगानी कोष समूह शून्य दशमलव ३ अंकले बढेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो कम्पनीको ३६ करोड ४४ लाख ३९ हजार रुपियाँबराबरको शेयर कारोबार भएको छ। यस्तै एनएमबि बैंक २३ करोड २२ लाख, एनआईसी एसिया बैंकको १६ करोड ८१, हिमालयन डिस्टिलरीको १३ करोड पाँच लाख, नबिल बैंकको ११ करोड पाँच लाख रुपियाँको शेयर कारोबार भएको छ।
समग्र नेप्से परिसूचक दोहोरो अंकले बढ्दा मञ्जुश्री फाइनान्सको ९ दशमलव ९२, एभरेष्ट इन्स्योरेन्सको ८ दशमलव ८५ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ। तर, स्वदेशी लघुवित्तको १०, एनएमबी माइक्रोफाइनान्सको ९ दशमलव ९९, स्पर्श लघुवित्त ९ दशमलव २९, स्वावलम्बन लघुवित्त ८ दशमलव शून्य ८ प्रतिशतले शेयर मूल्य घटेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ३५ अंकले बढेर ३२४ दशमलव ७८ बिन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्