आठ जनाविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौं (नेस) 
मरेको व्यक्तिको गलत औंठा छाप लगाई अर्कैको नाममा जग्गा पास गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईंसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मृत्यु भइसकेकी धरान–१० की रनमायाँ लिम्बुको औंठाछाप लगाई निजको नाममा रहेको गैरकानुनीरूपमा अर्कै व्यक्तिको नाममा पास गरेको आरोप लगाई अख्तियारले तत्कालीन मालपोत अधिकृत गुरागाईं, नायव सुब्बा मनोज घिमिरे र खरिदारद्वय कृष्णप्रसाद नेपाल तथा रामप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको हो। गुरागाईं, घिमिरे, नेपाल र भट्टराईलाई ३१ लाख ४५ हजार रुपियाँ बिगो कायम गरिएको छ।