टेकुमा भर्ना भएका सबैलाई ‘क्लिन चिट’

0
Shares

काठमाडौं, (नेस)
कोरोना भाइरस (कोभिड–१९) को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएका सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार साँझ डिस्चार्ज गरिएको छ।

चीन र कोरियाबाट आएका ४ नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरस जस्तै लक्षण देखिएकाले आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो। उनीहरूको नमुना संकलन गरी भाइरस परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाले मंगलबार रिपोर्ट दिएको हो।