तीन विश्वविद्यालयले पायो उपकुलपति

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

सुदूरपश्चिम,मध्यपश्चिम र पूर्वाञ्‍चल गरी तीन विश्वविद्यालय उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार सदूरपश्चिममा अमरराज जोशी, मध्यपश्चिममा प्रा.डा.नन्दबहादुर सिंह र पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा.यादवराज कोइरालालाई उपकुलपति नियुक्ति गरेका हुन् ।

उनीहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । मध्यपश्चिम र पूर्वाञ्चल सहित ६ विश्वविद्यालय करिब ६ महिनादेखि उपकुलपति लगायत पदाधिकारी विहीन छन् ।

मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले दुई विश्वविद्यालयमा आफू निकट प्राध्यापकलाई उपकुलपति नियुक्ति गर्ने निर्णय लिएका बताईएको छ ।