सभापति देउवाले तोके थप सात विभागको संयोजक

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले सोमबार थप सात वटा केन्द्रिय विभागको जिम्मेवारी बाढफाड गर्नुभएको छ । सभापति देउवाले यसअघि शनिवार १३ वटा विभागको जिम्मेवारी तोक्नु भएको थियो ।

काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार सभापति देउवाले सोमबार केन्द्रिय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन तथा वातावरण विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार वुढाथोकीलाई राज्यप्रशासन विभाग, मोहनवहादुर वस्नेतलाई खेलकुद विभाग, बीरवहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको संयोजकको जिम्मेवारी तोक्नु भएको हो ।

सभापति देउवाले शनिवार गठन गरिएकोे १३ वटा विभागमा केन्द्रिय सदस्यहरु गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुन प्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको संयोजकको जिम्मेवारी दिनुभएको थियो । त्यस्तै सभापति देउवाले आनन्दप्रसाद ढंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई मधेश समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, श.कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई अदिवासी जनजाती विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसरुम्पर्क समन्वय विभागको संयोजक तोक्नु भएको थियो ।

विभाग प्रमुखको जिम्मेवारी दिने क्रममा शनिवार सभापति देउवाले शिवप्रसाद हुमागाईलाई श्रमिक तथा ट्रड युनियन विभाग, चिनकाजि श्रेष्ठलाई उद्योग व्यपार विभाग र प्रवक्ता विश्व प्रकाश शर्मालाई सुचना संचार तथा प्रचार विभागको संयोजक तोक्नु भएको थियो ।

आगामी वर्ष फागुन ७ गते देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरि अघि बढेको काग्रेस भित्र विभाग गठनको विषयलाई लिएर विवाद पनि उत्पन्न भएको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसके पछि विभाग गठन गर्नुको अर्थ नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले विरोध जनाइरहेका छन् । आगामी महाधिवेशन बाट पुन नेतृत्वमा जाने रणनीतिमा लागेका सभापति देउवाले १३औं महाधिवेशनमा सभापतिमा निर्वाचत भए लगत्तै आफ्नो प्रतिवद्धता पुरा गर्ने भन्दै दुई महिना भित्र विभाग गठन गरिसक्ने जानाउनु भएको थियो । सभापति देउवाले आफ्नो नियमित कार्यकाल सकिसकेपछि बल्ल विभाग गठन प्रक्रिया अघि बढाउन थाल्नु भएको हो ।

सभापति देउवाले कृष्ण किशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहर नारायण श्रेष्ठ र धु्रव वाग्लेलाई आमन्त्रीत केन्द्रिय सदस्यमा मनोनयन पनि गर्नु भएको थियो ।