क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभेटिएको पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चीनको वुहानबाट उद्दार गरिएका १७५ जनामा कोरोना संक्रमण नभेटिएको पुष्टि भएको छ ।

स्वदेश फिर्ता ल्याइएका उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । अन्तिम पटकको स्वास्थ्य परिक्षणमा पनि उनीहरुको सम्पूर्ण रिपोर्ट नेगेभिट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वुहानमा कोरोना भाइरसको त्रास फैलिएसँगै नेपाल सरकारले त्यहाँ रहेका १७५ जना नेपाली नागरिकलाई ४ फागुनमा स्वदेश फर्काएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

पटक पटकको स्वास्थ्य परिक्षणमा कोरोनाको संक्रमण नभेटिएपछि क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अब आआफ्नो घर पठाइने भएको छ ।