न्युज अफ नेपाल, काठमाडौं ।
अमेरिकाले कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ ।
आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदकले अनलाइन दर्ता गराउनु पर्नेछ । नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म दर्ता गर्ने समय तोकिएको छ ।
हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।
पूर्ण जानकारीका लागि युएससीआईएस
https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1











प्रतिक्रिया