सरसफाई सम्बन्धि जनचेतना फैलाउँदै हाइल्याण्डका विद्यार्थी

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा अवस्थित हाइल्याण्ड आवासिय विद्यालयले धुन्चेको पुरानो गाउँ सरसफाई गरी कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेरको छ ।

हाइल्याण्ड आवासिय विद्यालयका ६,७,८,९ कक्षाका ८० जना विद्यार्थी शिक्षक लगाएत प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरी समेतको सहभागितामा भिडभाडमा मास्कको प्रयोग गरौ विश्वलाई नै संकटको अवस्थामा निम्त्याएको कोरोना भइरस जस्ता जिवाणुबाट बच्न सरसफाईमा ध्यान दिउँ आफ्नो घर आँगन टोल समाज सफा राखौ भन्ने नारा सहित बजार हाता र गाउँमा र्‍याली गरी सरसफाई गरिएको विद्यालयका शिक्षक अशोक गुरुङले बताउनु भयो ।

विद्यालय देखि नै विद्यार्थीलाई पढाइको अलावा सामाजिक र व्यावहारी ज्ञान दिनु विद्यालयको कर्तव्य हुन्छ त्यसैले यस्तो सचेतना मुलक कार्यमा विद्यार्थीलाई अगाडी बढाउनु अभिभावक र शिक्षकको दायित्व रहेको विद्यालयका संस्थापक अध्यक्ष तीर बहादुर गुरुङले बताउनु भयो ।