भारत टी २० विश्वकपको सेमिफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)। 

भारत अस्टे«लियामा जारी महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार मेलबर्नमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई ३ रनले हराएको हो । यो लगातार तेस्रो जितसँगैं भारतले अन्तिम चारको स्थान सुरक्षित ग¥यो ।

भारतले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षेतिमा १ सय ३३ रन जोड्यो । यसको जवाफमा न्युजिल्यान्डले ६ विकेट गुमाएर १ सय ३० रन बनाउँदै हार स्विकार गरेको छ । यसअघि भारतले आयोजक अस्टे«लिया र बंग्लादेशलाई हराएको थियो । टोलीले समूहमा श्रीलंकासँग खेल्न बाँकी छ ।

भारतको तर्फबाट ओपनर शेफाली वर्माले सर्वाधिक ४६ रन जोडिन भने तानिया भाटियाले २३ रनको योगदान दिइन् । शेफाली प्लेयर अफ द म्याच घोषित भइन् । न्युजिल्यान्डका बलरमा अमेलिया केर र रोजमेरी मेरले २÷२ विकेट लिए । कप्तान सोफी डिवाइन, ली तहूहू र लेग कस्पेरेकले १/१ विकेट हात पारे ।

सोही समूहअन्तर्गत् बिहीबार नै भएको खेलमा अस्टे«लियाले बंगलादेशलाई ८६ रनले पन्छाउँदै अन्तिम चारको संभावनालाई जीवितै राखेको छ । क्यानबेरामा भएको खेलमा बेथ मूनीले ८१ रन र हीलीले ८३ रन जोड्दा अस्टे«लियाले १ सय ९० रनको लक्ष्य दिएको हो ।

जवाफमा बंगलादेश १ सय ३ रनमा समेटियो, जसमा अस्टे«लियाकी मेगोन स्कटले २१ रन खर्चेर तीन विकेट लिन सफल भइन् । यो जितसँगै अस्टे«लियाले ३ खेलमा ४ अंक जोडेको छ । समूहको अन्तिम खेलमा न्युजिल्यान्डसँग जित हात पारेमा टोेलीको अन्तिम चार पक्का हुनेछ ।