निलकण्ठ विद्यालयको ७० औँ वार्षिक उत्सव सम्पन्न

0
Shares

सरस्वती न्यौपाने, रसुवा । 

उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा रहेको निलकण्ठ माध्यमिक विद्यालयले बुधबार ७० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

२००७ सालमा स्थापना भएको उक्त विद्यालय उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्साल र उप प्रमुख चमेली गुरुङ ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् भने जिल्लाको शैक्षिक केनद्रको रुपमा यस विद्यालयले अझै विद्धान व्यक्तिहरु उत्पादन गर्न सकोस यस विद्यालय निजि बोडिङ भन्दा पनि माथि रहेर पढाईलाई अब्बल बनाएकोमा हृदय देखिनै धन्यवाद व्यक्त गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट निवृत हुनुभएका दुई शिक्षकहरु रामकृष्ण प्याकुरेल र रामाशिस साहलाई दिर्घ सेवा सम्मान गरिएको थियो । फागुन ५ देखि ७ गते सम्म सन्चालित पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालयको तर्फबाट उत्कृष्ट भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालयको आयोजनामा विद्यालय व्यवस्थापन समितिको अध्ययन ओम प्रसाद अचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।