मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,सल्यान ।

सल्यानमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमार गाउँपालिका चतारेस्थित पतारे खोलामा रा।३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका १ बस्ने २९ बर्षीय रमेश बुढाथोकीको घट्नास्थलमै मृत्यु भएको हो ।

सडकबाट करिब १५ मिटर तल खसेर आज बिहान दुर्घटना उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।