बन्द भएको २१ महिनापछि खानीडाँडा विमानस्थलमा परीक्षण उडान

0
Shares

खोटाङ, (नेस)
पहिरोका कारण अवरुद्ध भएको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान भरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थल अवरुद्ध भएको २१ महिनापछि मंगलबार नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भरेको हो।
डिलको माटो कटान हुँदा रनवेसम्मको भाग भासिएपछि मर्मत गरिएको विमानस्थलमा काठमाडौंबाट प्रदेशसभा सदस्य रामकुमार राई, प्रदेशसभा सांसद उषाकला राईसहित आएको जहाजले परीक्षण उडान गरेको थियो। अवरुद्ध विमानस्थल नियमित उडानका लागि तयार भएपछि स्थानीय उत्साहित भएका छन्।
२०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन थुनिएपछि रनवेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो बगेको थियो।
कटानका कारण विमानस्थलको रनवेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब साढे ६ करोडमा विमानस्थल मर्मतको काम पुरा गरेको हो।