आफैंले काटेको रुखले एकको मृत्यु एक घाइते

0
Shares

बागलुङ, (नेस)
बागलुङ नगरपालिका–७ तितौरेका एक व्यक्तिको मंगलबार दिउँसो रुख काट्ने क्रममा मृत्यु भएको छ।
तितौरेको सामुदायिक वनमा घर बनाउन रुख काट्न गएका तितौरेका ४६ वर्षीय रत्नबहादुर कार्की आफैंले काटेको रुखले लागेर गम्भीर घाइते हुनुभएको थियो।
घाइते कार्कीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो।
मृतक कार्कीसंगै गएका सोही ठाउँका ४२ वर्षीय पदम कार्की पनि रुखले लागेर घाइते हुनुभएको छ। दुईवटै हात र खुट्टामा चोट लागेका पदमको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो।