ठक्कर दिने गाडी नियन्त्रणमा

0
Shares

बुद्ध नेपाली, सिन्धुली
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलांसेमा पैदल यात्रीलाई ठक्कर दिई फरार भएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको स१ख ५४२ नम्बरको मिनीट्रकलाई प्रहरीले उदयपुरबाट नियन्त्रणमा लिएको हो।
उक्त मिनी ट्रकको ठक्करबाट सिन्धुली गोलन्जोर गाउँपालिका–७ पलांसेका ५५ वर्षीया नन्दलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।
श्रेष्ठलाई ठक्कर दिएर फरार भएको उक्त ट्रकलाई उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिराटेन्ट हाउसबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
उहाँले गाडीका सहचालक उदयपुर त्रियुगा नगरपालिका–१० बस्ने सुरेश परियारलाई पनि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार चालक उदयपुर त्रियुगा नगरपालिका–११ बस्ने ३५ वर्षका जागेश्वर चौधरी भने हाल फरार रहेका छन्।
काठमाडौंबाट उदयपुर जाँदै गर्दा उक्त मिनी ट्रकले श्रेष्ठलाई ठक्कर दिएको उनले बताए।
श्रेष्ठलाई ठक्कर दिएर गाडी फरार भएपछि ठक्कर दिने गाडी पत्ता लगाइ क्षतिपूर्ति दिलाउनुपर्ने माग राख्दै गोलन्जोर गाउँपालिका–७ का स्थानीयले सोमबार करिब १० घन्टा बीपी राजमार्ग अवरुद्ध गरेका थिए।