ब्राउनसुगरसहित चार पक्राउ

0
Shares

 न्युज अफ नेपाल, मोरङ ।

मोरङको सुन्दरहरैचाबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन ।

गएको ८ गते दिउँसो सुन्दरहरैँचा ५ हेदम्बा टोलस्थित स्थानीय बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नरबहादुर दर्जीको कोठा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्रामसहित ३० बर्षीय नरबहादुर दर्जी, वर्ष २५ का आशिष ढकाल, केराबारी ६ डागी बस्ने वर्ष २० को आशिष मगर र वर्ष २३का रुपेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएकाहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।