काठमाडौं, (नेस)
शहीद स्मारक ‘बी डिभिजन लिग’ फुटबल प्रतियोगितामा सोमबार खुमलटार युवा क्लबले जित हासिल गरेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा ललितपुरको टोली खुमलटारले भक्तपुरको मध्यपुर युथ एसोसिएसनलाई १–० ले हराएको हो। टोलीको जितमा महेश राईले ५७औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो।
यसअघिको खेलमा काठमाडौंको टुसाल युवा क्लबले जित हात पारेको थियो। टुसालले ललितपुरको पुल्चोक स्पोर्टस् क्लबलाई २–० ले पराजित गरेको थियो। टोलीका जितमा एलोन राईले १३औं मिनेटमा र कप्तान प्रकाश भुजेलले ८०औं मिनेटमा गोल गरेका थिए।











प्रतिक्रिया