खलंगा सेमिफाइनलमा

0
Shares

बैतडी, (नेस)।

बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दशरथचन्द नगरपालिका–४ खलंगा सेमिफाइनलमा पुगेको छ। खलंगाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई सय रनले स्तब्ध पार्दै अन्तिम चारमा पुगेको हो।

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर पहिला ब्याटिङ गरेको खलंगाले महेश चन्दको ३७ तथा गोविन्दनाथको ३१ रनको मद्दतमा १ सय ५४ रन बनायो। दुर्गाभवानीका लागि प्रकाश नाथले ४ र यज्ञराज भट्टले २ विकेट हात पारे।

१ सय ५५ रनको विजय लक्ष्य पन्छाउँदै मैदान उत्रेको दुर्गाभवानी १५ दशमलव ५ ओभरमा ५४ रनमा अलआउट भयो। दुर्गाभवानीको पारी ध्वस्त पार्ने क्रममा राहुल बोहरा र गोविन्दनाथले २÷२ विकेट हासिल गरे।