विप्लवका नेता हितमान र भृकुटीलाई कालिकोट लगियो

0
Shares

न्युज अफ नेपाल, कालिकोट ।

नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य एवम पूर्व राज्यमन्त्री नविन विश्वकर्मा (हितमान) र काठमाडौँ उपत्यका व्यूरो इन्चार्ज एवम पूर्व सभासद धिरेन्द्रा उपाध्याय (भृकुटी) लाई समोबार जिल्ला अदालत कालिकोटमा पेस गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले थुनामुक्त गरको उनीहरुलाई पुन पक्राउ गरी कालिकोट लगिएको हो । विष्फोटकमा संलग्न भएको मुद्धा लागेका उनीहरुलाई जिल्ला अदालत कालिकोटमा बयानका लागि पेस गरिएको प्रहरीले जनाएको छ ।