गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि स्थानीद्वारा बीपी राजमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् ।

सोमबार बिहान स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको गाडीको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिएको गाडी अझैँ पत्ता लाग्न सकेको छैन । गाडी पत्ता लगाएर भालकलाई कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रहरीले ठक्कर दिने सवारीको खोजी भइरहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।