महिना नपुग्दै भत्किएको सडकको भुक्तानी लिन चलखेल

0
Shares

सञ्जय कार्की,रौतहट।

निर्माण सम्पन्न नपुग्दै भत्किएको सडकको भुक्तानी लिन निर्माण ब्यबसायी लागिपरेका छन । चन्द्रपुर नगरपालिका द्धारा कालोपत्रे सडक निर्माणको जिम्मा दिइएको कमल कन्स्ट्रक्सन पतौरा–४ रौतहटले सरकारी अस्पताल अघिल्तिर बनाएको कालोपत्रे सडक एक महिना नपुग्दै ग्रयाबेलमा परिणत भएको छ ।

तर उस्ले निर्माण गर्नुको बदला बिल भुक्तानीको लागि चार महिना देखि नगरपालिकाको कार्यालय धाईरहेका छन । नेपाल कम्युनिष्ट पार्टी रौटहट जिल्ला अध्यक्ष कमल राय यादब प्रोपाईटर रहेको उक्त कन्स्ट्रक्सनले चन्द्रपुर नगरपालिकाको ५ नम्बर वडामा रहेको मुनलाईट बोर्डिङ्ग स्कुल देखि सरकारी अस्पताल जाने बाटो कालोपत्रे गरेको महिना नपुग्दै दर्जनौ स्थानमा उप्किएको छ ।

०७६ कार्तिकमा निर्माण सम्पन्न गरेको सो कन्स्ट्रक्सनले उक्त सडक एक महिना नबित्दै बिभिन्न स्थानमा उप्किएर ग्रयाबेलमा परिणत भएको छ भने सडकको दाया बाया भाग भासिएको छ । चन्द्रपुर नगरपालिकाको ५२ लाख ५० हजार ९ सय ९८ रुपैया ५९ पैसाको योजना रहेको उक्त सडक कमल कन्स्ट्रक्सनले घटाघटमा १९ लाख ६९ हजार ४ सय ५२ रुपैया ४५ पैसामा सकार गरेको थियो ।

निर्माण कार्यमै गुणस्तरहिन सामग्री प्रयोग भएकाले महिना दिन नबित्दै भत्किएको भन्दै स्थनीय उपभोक्ताले नगरपालिकामा पुन निर्माणको लागि निबेदन दिएका थिए तर अहिले सम्म सुनवाई नभएको गुनासो उनीहरुको रहेको छ । भत्किएको सडकको जु्न अबस्थामा छ तै अबस्थामा निर्माण कम्पनीका प्रोपाईटर कमल राय यादबले बिल भुक्तानी गराउन लागिपरेको चन्द्रपुर नगरपालिका स्रोतले बतायो ।

तर चन्द्रपुर नगरपालिकाले भत्किएको सडकको पुन निर्माणका लागि निर्माण कम्पनी लाई जानकारी गराएको छ । चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देलले भत्किएको सडक पुन निर्माण नगरि भुक्तानी गर्न असमर्थ रहेको बताउनु भयो ।