बालबालिकाको नेतृत्वमा बालअधिकार प्रतिवेदन बन्दै

94
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा बाल अधिकारको अवस्थाबारे बालबालिकाहरुकै नेतृत्वमा प्रतिवेदन तयार पार्न लागिएको छ । कन्सोर्टियम नेपालको आयोजनामा आज राजधानीमा शुरु भएको दुई दिने राष्ट्रिय कार्यशालाबाट प्रतिवेदन तयार पार्न लागिएको हो ।

‘बालकालिकाको नेतृत्वमा तयार हुने विश्वप्यापी आवधिक समिक्षा (तेस्रो चक्र) प्रतिवेदन सम्बन्धि राष्ट्रिय कार्यशाला’ बाट राष्ट्र संघको मानवअधिकार परिषद्मा पेश गरिने प्रतिवेदन तयार पार्न लागिएको सन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाले कार्यशालामा ७ वटै प्रदेशबाट बालबालिकाको प्रतिनिधित्व भएको जानकारी दिनुभयो । राष्ट्रिय कार्यशाला गर्नुअघि प्रत्येक प्रदेशमा पनि कार्यशाला आयोजना गरिएको र त्यहाँबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्न लागिएको उहाको भनाई थियो ।

महिला बालबालिका तथा ज्यष्ठ नागरिक तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले कार्यशालाको उद्घाटन गर्नुभयो । कार्यशाला उद्घाटन गर्दै मन्त्री गुरुङले सरकार बालअधिकार संरक्षण हुने गरी नीति तथा ऐन बनाउन प्रतिवद्ध रहेको बताउनुभयो । उहाले प्रतिवेदन तयार पार्दा समस्या समाधान हुने गरी बनाउनुपर्ने बताउनुभयो । उहाले सकेसम्म राष्ट्रिय मानवअधिकार आयोग, सरकार र नागरिक समाजकातर्फबाट राष्ट्रसंघमा प्रेस हुने प्रतिवेदनमा एकरुपता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति शषि श्रेष्ठले नेपालमा सरकार र नागरिक समाजबीच अधिकारको क्षेत्रमा निकै सौहार्द सम्बन्ध रहेको बताउनुभयो । उहाले सकेसम्म देश भित्रको समस्या देशभित्रै समाधान गर्नुपर्ने भन्दै अन्तिममा मात्र विश्वव्यापी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बालबालिकाका तर्फबाट प्रदेशरुबाट प्राप्त भएको सुझावहरु बालक टोलबहादुर राना र निरुता तिमिल्सेनाले प्रस्तुत गरेका थिए । उनीहरुका अनुसार विद्यालय शिक्षा, खेलकुद, जातीय हिंसा, लैगिंक हिंसाका समस्या बालबालिकामा पनि रहेका छन् ।