प्रधानमन्त्री ओलीसहित चारविरुद्ध अख्तियारमा उजुरी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ, नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल र प्रधानमन्त्री ओलीविरूद्ध बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, भुउपग्रह खरिद, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा भ्रष्टाचार गरेको भन्दै उनीहरुले उजुरी दिएका छन् । भ्रष्टाचारमा संलग्न भएकालाई कारबाही हुनुपर्ने भन्दै बुझाइएको उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।