७० बर्षीय वृद्धको विभत्स हत्या

0
Shares

सञ्जय कार्की,रौतहट ।

अज्ञात समुहले सोमबार राती एक बृध्दको बिभत्स तबरले हत्या गरेको पाइएको छ । स्थानीय दुर्गा भगवती गाउँपालिका–३ मत्सरीको पर्साटोल निबासी ७० बर्षिय फेकन पंडितको निर्ममतापूर्वक रुपमा हत्या गरिएको हो ।

गोठमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिहरुले हथौडा र धारिलो हतियारले उनको अनुहारमा प्रहार गरेर हत्या गरिएको अबस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोठ बाट विहान अबेर सम्म घरमा नआएपछि उनका माईला छोरा राजकुमार पंडितले बोलाउन जादा हत्या गरिएको अबस्थामा शब देखेका हुन् ।

उनको हत्याराको खोजीको लागि कुकुर प्रयोग गरिएपनि हत्यारा पक्राउ गर्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबीराज खड्काले हत्यामा संलग्न लाई चाडै पक्राउ गरिने बताउनु भयो ।