वन्यजन्तुको चोरी शिकारी रोक्नमा निकुञ्ज र सेनाको प्रयास सफल

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

निकुञ्ज संरक्षण तथा व्यवस्थापनका लागी विशेष गरि वन वन्यजन्तुको अवैध चोरी शिकार तथा ओसार पसार नियन्त्रणका लागी नेपाली सेना तथा निकुञ्जको प्रयास सफल रहेको छ ।

बुधबार एक कार्यक्रम गरि अपरेशन महाहन्ट छ सम्बन्धि जानकारी गराइ वन डढेलो सचेतना नियन्त्रणका उपाय सरोकारवालाहरुसँग समन्वय तथा सुचना आदान प्रदान र वन डढेलो नियन्त्रण मा लाङटाङ राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको भुमिका बारे छलफल गरिएको हो ।

वन प्राविधिक एवम रेञ्जर रमेश वस्नेतका अनुसार फागुन एक देखी २०७० जेठ मसान्त सम्म महाहन्ट अपरेशन सुरु गर्ने र नेपाली सेनाले सिन्धुपाल्चोक को जुगल गाउँपालिका स्थित भोटाङ र नेसमपाटि, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित घ्याङफेदी रसुवाको गोसाइकुण्ड गाउँपालिका को बृद्धिम र खाम्जीङ सेनाको जहाँ पोष्टहरु छन् त्यहा महाहन्ट गतिविधि हरु सञ्चालन गरिने छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला गरि ९ वटा गाउँपालिका हरुमा लाङटाङ राष्ट्रिय निकुञ्जको स्थानहरुमा महाहन्ट अपरेशन हुनेछ ।रसुवामा (५७ प्रतिशत), नुवाकोटमा (७ प्रतिशत) र सिन्धुपाल्चोक (३६प्रतिशत) भूभागमा फैलिएको छ ।