प्रदेश २ मा सरकार परिवर्तन हुनसक्छ : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपासँग कुरा मिले लगत्तै प्रदेश २ मा सरकार परिवर्तन हुने संकेत गरेका छन् । आइतबार मिथिला मध्यमा परिक्रमाको उद्घाटन समारोहमा पुगेका प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘राजपा नेपालसँग आन्तरिक गृहकार्य भइरहेकाले कुरा सम्पन्न भएलगत्तै प्रदेशमा सरकार फेरिन्छ’, ।

‘मिथिला मध्यमा परिक्रमाको पडावस्थलमा धर्मशाला, खानेपानी, शौचालय र सडकको स्तरोन्नती गर्नुपर्दछ, परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको छ ’ प्रचण्डले भने ।

यस्तै कार्यक्रममा बोल्दै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गरेका छन् ।

उनले भने,’ यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीका तर्फबाट र मेरोतर्फबाट तपाईंहरुलाई पूर्ण सहयोग रहन्छ, मेरातर्फबाट हुने हरेक किसिमको सहयोग गर्न तयार छु । धर्मशाला निर्माणमा कुनै कमी रहन दिन्न ।’