कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएसँगै सियोलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नगरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको सङक्रमण दक्षिण कोरियामा फैलिएपछि विज्ञप्ति जारी गर्दै दुतावासले यस्तो आग्रह गरेको हो । दक्षिण कोरियामा कोरोना भाइरसबाट सक्रंमितको संख्या कुल ४ सय ३३ पुगेको जनाइएको छ ।

‘कोरियाली सरकार र सम्वद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नेपाली राजदूतावास सिओल विशेष अनुरोछ गर्छ, ‘विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति