पर्यटन प्रर्वद्धनका लागि अध्ययन अवलोकन भ्रमण सुरु

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

नेपाल भ्रमण वर्ष २०२० तथा आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्न आइतबारबाट ५ दिने पर्यटन प्रर्वद्धनका लागि अध्ययन अवलोकन भ्रमण सुरु भएको छ ।

रसुवा-नुवाकोट पर्यटन समाज को आयोजना मा नेपाल पर्यटन बोर्ड जिल्ला समन्वय समिति नुवाकोट विदुर नगरपालिका सुर्यगढी र किस्पाङ तथा रसुवाको उत्तरगया र कालिका गाउँपालिका अवलोकन सुर्यगढी बेत्रावती किस्पाङ फिकुरी डाँडागाउँ ठुलोगाउँ हुदै रसुवाको डाँडागाउ को झरना र घले गढी सम्मको यात्रा रहने छ ।

दुई जिल्ला का पर्यटन व्यवसायी सञ्चारकर्मी टिमले भ्रमण गर्ने छन् भ्रमण पश्चात यस क्षेत्रको प्रर्वद्धनात्मक भिडियो उत्पादन लेख समाचार ले आगामि दिनमा पर्यटन लाई भ्रमण गर्न सहज हुने नक्सा प्रकाशन गरि फोटो सहितको जानकारी मुलुक प्रचार प्रसार गरि पर्यटकिय गन्तव्य को रुपमा विकास गर्ने लक्ष्य तथा उद्देश्य रहेको आयोजक टिमले जानकारी दिएको छ ।