छाया मन्त्रीपरिषद्को बैठक : हरेक मन्त्रालयको भ्रष्टाचार र अनियमितता खोज्न निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापति एवं संसदीय दलका नेता शेरवहादुर देउवाको नेतृत्वमा गठित छाया मन्त्रिपरिषद्को पहिलो बैठक आइतवार बसेको छ । सरकारको काम कार्वाहि माथि निगरानी गर्न गत जेठमा गठन गरिएको छाया सरकारको बैठकमा सभापति देउवाले मन्त्रीपरिषदका सदस्यहरुलाई कुन कुन मन्त्रालयमा भ्रष्टाचार, अनियमितता भएको छ सबै खोजेर भण्डाफोर गर्न निर्देशन दिनु भएको हो ।

छाया सरकारको श्रममन्त्री डिला संग्रौलाले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार सभापति देउवाको अध्यक्षतामा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा पनि गरेको थियो । बैठकमा उपस्थित सबै छाया मन्त्रीहरुले अहिलसम्म भएका काम कार्वाहिका साथै भविश्यमा गरिने कामको बारेमा पनि चर्चा गरेका थिए । छाया मन्त्रीहरुले काम गर्दा समस्या आएको भन्दै कतिपय मन्त्रालयमा सुचना नदिने, मन्त्रीले भेट्न समय नदिने जस्ता समस्या बताउनु भयो भन्दै संग्रौला भन्नुहुन्छ— बैठकमा अहिले सम्म देखा परेका समस्याहरु पनि राखिएको थियो ।

बैठक पछिको मुख्य कुरा सबै छायामन्त्रीहरुलाई भ्रष्टाचार र अनियमितता विरुद्ध सक्रिय रुपमा लाग्न सभापति देउवाले दिएको निर्देशन हो भन्दै छाया श्रममन्त्री संगौंला भन्नुहुन्छ– अब छाया मन्त्रीहरुले अझ प्रभावकारी ढंगले काम गर्नेछन् । गत जेठ महिनामा गठित छाया मन्त्रीमण्डलमा दिलेन्द्रप्रसाद बडुले गृह, डा. मिनेन्द्र रिजालले अर्थ, नारायण खड्काले परराष्ट्र, ज्ञानेन्द्रवहदुर कार्कीले उर्जा, गगन थापाले शिक्षा, उमाकान्त चौधरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो ।

त्यस्तै मीन विश्वकर्माले उद्योग, देवेन्द्रराज कडेलले पर्यटन, किशोर सिंह राठौरले खेलकुद, पार्वति डिसि चौधरीले स्वास्थ्य, बहादुरसिंह लामाले सञ्चार, लक्ष्मी परियारले भुमिसुधार, अतहरकलाम मुसलमानले संघीय मामिला, पदम्नारायण चौधरीले कृषि, उमा रेग्मीले महिला तथा बालबालिका, भिमसेनदास प्रधानले रक्षा, सञ्जयकुमार गौतमले भौतिक पुर्वाधार, राजन केसीले बन र राधेश्याम अधिकारीले कानुन मन्त्रालय हेर्नेगरि छाया सरकार गठन गरिएको थियो ।