खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

अर्थमन्त्री समेत रहेका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस काण्डमा मुछिएपछि राजीनामा दिएपछि सा पद रिक्त रहेको थियो ।

बाँस्कोटाको बुधबार राती सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन माग गर्दै कर्मचारीलाई अपशब्द बोलेको अडियो टेप बाहिरिएको थियो ।