सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७८ हजार ८ सय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार प्रतितोला ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७८ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तेजाबी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोकार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको सुन आइतबार बढेर प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार सुनको मूल्य अझै बढ्ने बताइएको छ ।