न्युज अफ नेपाल, काठमाडौं ।
तनहुँको व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा बस एकआपसमा ठोक्किँदा ४० जना यात्रु घाइते भएका छन् ।
डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस र दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किएको हो । घाइतेहरुको दमौलीस्थित एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौली जाँदै गरेको बसका चालकको अवस्था गम्भीर रहेको छ ।
ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया