जन्मदिनमा प्रधानमन्त्रीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिनको अवसर पारेर ‘भिजन टु एक्सन’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक आज सार्वजनिक गरेका हुन् ।

विकास र समृद्धिबारे प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित पुस्तकमा २४० पृष्ठ रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीका ९० वर्षीय बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भएको थियो ।