चोरी हुन थाल्यो पशुपतिनाथलाई सजाइएका करोडौँको फूल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरलाई सजाउन करोडाैँ रकम खर्चिएर लगाइएको फूल माला चोरी भएको छ ।

शुक्रबार शिवरात्रिका लागि भनेर मन्दिरलाई आर्कर्षित र सुन्दर बनाउन सजाइएका फूल रातारात गाएब भएका छन् । मन्दिरमा सजाइएका फूलहरु बाँदरले नभई मानिसको भिडले तछाड् मछाड् गर्दै लुछेका छन् । मन्दिर जस्तो पवित्र ठाउँमा राखिएको फूलप्रति मानिसले गरेको व्यवहार देख्दा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु चिन्तित भएका छन ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथलाई सजाउन करिब दुई करोड रुपैयाँको फूल लगाइएको थियो । मन्दिर सजावटका लागि उक्त फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । मन्दिर परिसरमा मानिसको भीड भएपछि फूल चोर्नबाट बचाउन नसकिएको पदाधिकारीले बताए ।

दर्शनका लागि मन्दिर आएका मानिसहरुलाई फूल चोरेको देख्दा पदाधिकारीहरु चिकत परेका छन् ।