नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, सबैको सनाखत

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

सुनसरीबाट ३४ यात्रुसहित माघ २३ गते तीर्थयात्राका लागि भारत पुगेको उक्त बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटना भएको थियो । मृत्यु हुनेमा सबै जना इटहरीका रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरी रहेका छन् ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । अन्य, घाइतेको उपचार भइरहेको बताइएको छ ।