न्युज अफ नेपाल, रौतहट ।
महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब) लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेल रहेकाे प्रहरीले जनाएको छ ।
पटेलले आफनै क्लिनिककी महिला सहकर्मीसँग विवाहको प्रलोभन देखाई शारिरीक सम्बन्ध बनाउँदै आएका थिए । चौधरी थरकी पीडितले पटेलविरुद्ध जाहेरी दिएपछि पटेललाई पक्राउ गरिएको हो । पीडित तीन महिनाको गर्भवती रहेको खुलेको छ ।
एकवर्ष पहिले पनि गर्भवती भएकी चौधरीलाई पटेलले विभिन्न डरत्रास देखाएर गर्भपात गराउन लगाएका थिए । त्यसपछि फेरि विवाह गर्ने भन्दै पटक पटक जबरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।
पीडितले गरेको जाहेरीको आधारमा पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चौधरी र पटेल दुवै जनाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण गराइएको छ ।
हिरासतमा रहेका पटेलमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया