एमसिसी कार्यदलले बुझायो प्रतिवेदन, नसच्याई अनुमोदन नगर्न सर्वसम्मत सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले शुक्रबार  अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त अध्ययन प्रतिवेदन बुझाउनुभएको हो ।

नेकपाको कार्यदलले एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । प्रतिवेदनमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिइएको जनाइएकाे छ ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।