नेकपाको एमसीसी अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाईएको हो ।

कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरिएको थियो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले बताए ।