कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा प्रहरीले जन्ती पुर्याएर फर्कँदै गरेको बसबाट छोकडा र मरिच बरामद गरेको छ ।
सिर्सियाबाट वीरगन्ज जन्ती र्पुयाएर गाउँतिर फर्कँदै गरेको ना ७ ख ८४२१ नम्बरको बसबाट ३ सय ५० किलो छोकडा र २ सय किलो मरिच बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा भारत निकासी हुन लागेको आशंकामा ७ बोरा छोकडा र ८ बोरा मरिच नियन्त्रणमा लिएको जनाएको छ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीबाट शुक्रबार बिहान साढे २ बजे अवैध रुपमा भारत निकासी गर्न लागिएको छोकडा र मरिच बरामद भएको इप्रका पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताउनुभयो । ‘जन्ती पुर्याएर फर्केको बसमा मरिच र छोकडा राखेर भारत लैजान लागिएको छ भन्ने गोप्य सूचना हामीले पाएका थियौं, चेकजाँच गर्दा सामान भेटियो,’ उहाँले भन्नुभयो , ‘कागजपत्र माग्दा दिन सकेनन्, त्यसैले समान बरामद गरेर कारबाही प्रक्रिया अघि बढाएका छौं ।’ बसका चालकको संलग्नता नदेखिएकोले उहाँलाई छोडिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया