एक वर्षमा १६ सय ३ जना पीडित

0
Shares

बाँके, नेस ।

मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट १ हजार ६ सय ३ जना पीडित भएका छन्। ५ नम्बर प्रदेशमा इन्सेकले निकालेको तथ्यांकमा मानव अधिकार उल्लंघनका घटनामा १० महिला र १ सय ६१ पुरुष गरी १ सय ७१ जना पीडित भएका छन्। १ हजार तीन सय १५ महिला र १ सय १७ जना पुरुष ज्यादतीमा परेका छन्। राज्य पक्षबाट दुई जनाको हत्या, एक सय ४४ जनाको गिरफ्तार, चार जनालाई कुटपिट, घाइते ८ जना, यातना १ जना, अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा १० जना र महिला अधिकारमा १ जना पीडित भएका छन्।

इन्सेकका प्रदेश संयोजक भोला महतका अनुसार, सन् २०१९ मा बाल अधिकारका घटनामा २ सय ५५ जना बालिका र २८ जना बालक पीडित भएका थिए। यो वर्ष भएका बाल अधिकारका घटनामा बालविवाहमा पाँच, बेचबिखनबाट ३८ जना, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट १६ जना, बलात्कार तथा यौन दुव्र्यवहार घटनामा २ सय २० जना पीडित भए। यो वर्ष विगतमा झैं महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको तथ्यांकले देखाएको छ। १ हजार ६० जना महिला हिंसामा परेका छन्।

परिवारजनबाट २२ जना महिलाको हत्या भयो। महिला हिंसाबाट ७ सय ३७ जना, कथित बोक्सीको आरोपमा ४ जना, बहुविवाहबाट २२ जना, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारबाट एक सय २९ जना, बेचबिखनका घटनामा १६ जना र प्रसूति सेवा नपाउदाँ एक महिला पीडित भएको इन्सेकले जनाएको छ।